मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्साको भिखमपुरबाट ठुलो मात्रामा कपडाको तस्करी, परवानीपुर प्रहरी चौकीका घुमवा प्रेम यादबको अवैध असुली

पर्साको भिखमपुरबाट ठुलो मात्रामा कपडाको तस्करी, परवानीपुर प्रहरी चौकीका घुमवा प्रेम यादबको अवैध असुली

न्यूजस्टोरी

तस्करीको प्रत्येक साईकल र मोटरसाइकलवालाहरु सँग ३ हजार रुपैयाँ देखि १० हजार रुपैयाँ सम्म रकम असुल्ने गरेको आरोप
काठमाडौं, २६ चैत्र । पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको भिखमपुरबाट ठुलो मात्रामा कपडाको तस्करी सन्चालनमा भैरहेको समाचार प्राप्त भएको छ।
पर्साको सदरमुकाम वीरगन्ज देखि करिब ४० किलोमिटर पश्चिममा रहेको नेपाल भारत सिमामा पर्ने जानकिटोला हुदै भिखमपुरवाट ठुलो मात्रामा अवैध रूपमा भन्सार छलेर लाखौं रुपैयाँ मुल्य बराबरको कपडाको तस्करी भैरहेको सुचना प्राप्त भएको हो ।
पर्साको वीरगञ्ज आसपासमा प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले ग्रामिण भेगमा रहेका सशस्त्र प्रहरीको गुल्म विओपीहरुलाई र ईलाका प्रहरी र प्रहरी चौकीका प्रहरीहरुलाई सेटिङ मिलाएर रातीको समयमा तस्करी गरी ठुलो मात्रामा लता कपडा भन्सार छलेर नेपाल पाल भित्रयाउने गरेकाछन ।


स्रोतका अनुसार अहिले सो नाकाबाट करिव २ महिना देखि तस्करहरुले दैनिक २० देखि ३० वटा मोटरसाइकल मा भन्सार लाखौं रुपैयाँ मुल्य बराबरको कपडाहरु नेपाल भित्रिने गरेको दावी समेत गरेका छन्।
पर्सा जिल्लाको विभिन्न सिमानाकाहरुबाट अवैध रूपमा भित्रिने तस्करीको सामानवाला सँग परवानीपुर प्रहरी चौकीका घुमुवा प्रेम रकम लिएर छाडने गरेको आरोप लागेको छ ।

पर्सा जिल्लाको विभिन्न नाकाबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका तस्करहरु सँग रकम अुसुलेर घुमुवा प्रेम यादवले तस्करीको लाईन दिएको आरोप लागेको हो ।

सिमानाकामा ड्युटिमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरीहरुले रकम लिएर तस्करहरुलाई सजिलै रुपमा सामान छाडने गर्छन् भने त्यसपछि जुन प्रहरी चौकीको ईलाका पर्दछ त्यस प्रहरी चौकीका घुमुवाहरुको रकम असुली शुरु भएको हुन्छ।
६ लाख बराबरको कवाडीको नाममा राम्रो गाडीका सामान अलौ नाकाबाट अवैध रूपमा भित्रिएका बस ट्रकका सामानहरु सशस्त्र प्रहरीले आज वीरगन्जबाट पक्राउ गरेको समाचारले अहिले पनि सो नाकाबाट तस्करी भै रहेको प्रमाणित गरको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको आँखा अगाडिबाट तस्करी हुदापनि सशस्त्र प्रहरी तस्कर सँग साठगाठ गरेर तस्करहरुलाई सहयोग गरेको आरोप लागेको छ।

पर्सा जिल्लाको नेपाल भारत सिमानाकाहरु छपकैया, भकुवा, ड्राईपोर्ट, अलौ, बर्वा, झौवा, प्रसौनी, धोरे, र भिषवा भिखमपुर जानकिटोला लगायतका स्थानहरुबाट अहिले व्यापक रूपमा तस्करी सँचालनमा आएको स्रोतले दाबी गरेको छ ।

वीरगन्जको छपकैयाबाट मालकिट्स बिस्कुट कपडा काजु हार्डवेयर भारतिय कोकोकोला फेन्टा डिउ मजा माछा चिज पनिर कवाडीको नाममा गाडीका नया सामानहरु लगायतका सामान भित्रीने गरेकाछन भने ड्राईपोर्ट अलौ एरियावाट गाई भैंसी मालकिटस विस्कुट पेयपदार्थ किराना सामान कवाडी सामानको तस्करी सँचालनमा आएको स्थानीयहरुले बताएकाछन्।

त्यसैगरी बर्वाबाट भैसी हार्डवेयर कपडा किराना सामानहरूको तस्करी सँचालनमा रहेको समाचार स्रोतले बताएकाछन् ।

झौवा प्रसौनी धोरे नाकाबाट पनि अवैध रुपमा तस्करी भै रहेको जानकारी प्राप्त भएको छ।

पर्सा जिल्लाको सव भन्दा तस्करी सँचालनमा हुने नाकाको रुपमा रहेको भिषवा नाकाबाट नेपालवाट अवैध रुपमा भारत तर्फ तस्करी हुने गरेको स्थानियहरुले बताएकाछन ।

भिषवा नाकाबाट चाईनिज स्याउ चाईनिज लता कपडा लसुन कवाडीका सामान भारत तर्फ तस्करी भएर जाने गरेको प्रमाण करिव ४ दिन पहिला भिषवा नाकाबाट भारत तर्फ तस्करी भएर गएको सामान ठुलो मात्रामा भारतको सिक्टामा भण्डारन गरेर राखेको गोदाममा भारतिय एसएसबीले छापामारी गरी लाखौको सामान नियन्त्रणमा लिएको थियो।

पर्साको यी सबै नाकाहरुबाट अवैध रूपमा तस्करहरुले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेपछी निस्किने बाटो भनेकै परवानीपुर प्रहरी चौकीका प्रमुखले रकम असुल्नका लागी घुमुवा राख्ने गरेका छन् जुन प्रेम यादव अहिले सो क्षेत्रमा आतँक मचाएर सर्व साधारणलाई घरखर्चका लागी लाने सामानहरु लिएर आउँदा पनि घुमुवाले चेकजाँचको नाममा दुख दिने र तस्कर सँग रकम लिएर तस्करीको लाईन दिने गरेका छन् ।

अधिराज्य भरी जाने तस्कारीको सामान कोे मुख्य नाका परवानीपुर हो ।
पर्सा जिल्ला र बारा जिल्लाको अधिकांश नाका बाट हुने तस्करी कोे वस्तु नेपाल अधिराज्य भरी पठाउने मुख्य बाटो र नाका कोे रूपमा परवानीपुर भनेर सम्पूर्णलाई थाहा भएकै कुरो हो ।

विभिन्न तरिकाले लुखाई छिपाई आउने अधिकांश रात्री बसमा तस्करीको बस्तुले भरी भराउ गरी आउने बसलाई सामान्य चेकजाँच गरी मात्र छोड्ने तथा गोपनीय तवरले रहेको डिकी, सामान राख्ने ठाउँमा कहिले पनि निस्पक्छ चेकजाँच न भएको स्थानीय देखी हाम्रो समाचार संकलन र विशेष सूचना बाट उजागर भएको छ।

अधिकांश नाका बारा र पर्साका नाका बाट निस्किने तस्करीका सामानहरू बगही लालपर्सा पर्सोतिपुर हुँदै छाता पिप्रको बाटो बाट जितपुर सम्म तस्कर ग्रुप ले सामान पुर्याउने गरेका छन्।

यसरी तस्करी गर्नेहरुमा छपकैयाबाट मन्जु पशुपति जटाधारीले किराना सामानहरू र मालकिस्ट बिस्कुट विनय भिखारी बिजयले कवाडको नाममा बस ट्रक जिप कारहरु जस्ता गाडीको नया सामान कवाडी भनेर तस्करहरुले मोटर साइकलमा छपकैया र ड्राईपोर्टबाट ओसार पसार गर्ने गरेका छन् भने भिषवाबाट मुन्ना शसिकान्त लयायतले नेपालबाट भारत तर्फ बेला बखतमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरी बलको भिषवामा रहेको बिओपी र गुल्मका प्रमुखको मिलोमतोमा भन्सार छलेर लाने गरेकाछन ।

पटक पटक विभिन्न सूचना मार्फत कहीले जितपुर तिर त कहिले पथलैया तिर अनेकौँ ट्रक र अनेकौँ तस्करीको वस्तु लोड रहेको गाडीहरु पक्राऊ पर्ने तर वीरगन्जबाट परवानीपुर हुदै जितपुर सिमरा पथलैया सम्म हुदै देशको ठुला शहरहरू काठमाडौं पोखरा नारायणगढ सम्म पुग्ने गर्दछ। परवानीपुर चौकीको बाटो हुदै जादापनि कुनै गाडीबाट अबैध सामान परवानिपुरले अहिले सम्म नियन्त्रणमा लिएको छैन ।

त्यस्तो पक्राउको गतिविधि न हुनु आफैंमा शंकाको बिषय बनेको छ।

जसले महिना बराबरको नजराना बुझाए त्यस्तालाई रोकटोक नगर्ने घुमुवा प्रहरीहरुलाई महिनावारी नदिने सानो तिनो साईकल तस्कर देखि मोटरसाइकल तस्करहरुको त्यही घुमुवा प्रहरीले सामान खोसेर नियन्त्रणमा लिने गरेको एक कारोवारीले हामीलाई बताएकाछन्।

इप्रका प्रहरी प्रमुख चौकि इन्चार्जलाई केही जानकारी नगराई आफ्नो घुमुवाहरुले एकलौटी शासन र असुलीमा व्यस्त भएका घुमवालाई कारवाही गर्न र यस्ता गतिविधि माथि जिल्ला प्रहरी कार्यालय पर्साले विशेष ध्यान दिन अति आवश्यक रहेको देखिन्छ ।