मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न चारै जना पक्राउ, आफन्तकै भूमिका शंकास्पद

दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न चारै जना पक्राउ, आफन्तकै भूमिका शंकास्पद

न्यूजस्टोरी

काठमाडौं । भक्तपुरको दधिकोटस्थित एक घरमा एक साताअघि भएको लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईवटा मोटरसाइकलमा गएका चारै जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलको नम्बर प्लेट छोपेर घर पुगेको गिरोहले करिब २ करोड रुपैयाँ लुटेको थियो। प्रहरीले ३६ लाख रुपैयाँ बरामद गरेको छ। लुटपाटको घटनामा पीडितकै एक आफन्तको भूमिका शंकास्पद देखिएको बुझिएको छ। ती आफन्तकै सूचना र योजनामा गिरोह लुटपाट गर्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए।

गिरोहले आफूहरुलाई सीबीआईको प्रहरी दावी गर्दै छापा मार्न आएको भनेर पैसा लिएर हिँडेका थिए। ‘पीडित भनिएका व्यक्तिको घरमा अरु पनि पैसा रहेको देखिन्छ। गिरोहले बोक्न सक्ने जति पैसा लिएर हिँडेको अनुसन्धानमा खुलेको छ’, एक अधिकारीले भने। पीडित भनिएका व्यक्तिले नेपालीलाई युरोप पठाउने काम गर्दै आएको अनुसन्धान अधिकारी बताउँछन्।