मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाको निस्दीमा जिप दुर्घटना, नौ जना घाइते

पाल्पाको निस्दीमा जिप दुर्घटना, नौ जना घाइते

न्यूजस्टोरी

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छ्न । आइतबार बिहान साढे ४ बजेतिर निस्दी गाउँपालिका केन्द्रबाट राम्पुर फर्किदै गरेको बा १५ छ ५९४ नम्बरको स्कार्पियो निस्दी- ४ झ्याल्टुङ्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा ल्याइएको जिल्ला प्राह्री कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको अवस्था मध्यम रहेको छ ।

कच्चि सडक खण्डमा भएको सडकको बाँया साइडको भित्तामा ठक्कर खान जाँदा सवारी दुर्घटना भएको बताइएको छ दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।