मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टिकटकमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

टिकटकमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा साहले टिकटकमाथि प्रतिबन्ध लगाइए पनि अन्य सामाजिक सञ्जाहरूल चलिरहेकाले टिकटकमा मात्र प्रतिबन्ध लगाइनु उचित नभएको बताए ।

टिकटकमा प्रतिबन्ध लगाइए पनि भीपीएन प्रयोग गरेर प्रयोगकर्ताहरूले चलाइरहेको बताए । टिकटक बन्द गरेपछि आपराधिक घटना घटेको तथ्याङ्क सरकारसँग छैन होला भन्दै उनले बरु ब्यान्डविथ घटेर आम्दानीमा असर परेको उनले बताए । टिकटक बन्द हुँदा साना व्यापारीहरू समस्यामा परेको उनले बताए ।