मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेरोजगारी दर बढ्यो, १२.६ प्रतिशत बेरोजगार

बेरोजगारी दर बढ्यो, १२.६ प्रतिशत बेरोजगार

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को तथ्यांकीय प्रतिवेदनले देशमा बेरोजगारी दर १२.६ प्रतिशत पुगेको देखाएको छ। यसअघि नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ ले ११.४ प्रतिशत बेरोजगार रहेको देखाएको थियो।

कोभिड-१९ महामारीपछि सर्वेक्षण गरिएकाले बेरोजगार दर बढेको देखिएको हुनसक्ने तथ्यांक कार्यालयले जनाएको छ। जीवनस्तर सर्वेक्षणका अनुसार १५ देखि २४ वर्ष उमेर समूहका २२.७ प्रतिशत युवा बेरोजगार छन्। प्रतिवेदनका अनुसार कर्णालीमा बेरोजगारी दर सर्वाधिक धेरै २३.८ प्रतिशत छ भने मधेशमा सर्वाधिक कम ५.५ प्रतिशत मात्रै छ।

सर्वेक्षणले औपचारिक अध्ययन बढ्दै जाँदा बेरोजगारी दर घटेको देखाएको छ। स्नातक तह अध्ययन गरेकामध्ये बेरोजगारी दर ६.३ प्रतिशत मात्रै छ। स्नातकोत्तर तह उत्तीर्ण गरेकामध्ये बेरोजगारी दर २.७ प्रतिशत मात्रै छ।औपचारिक अध्ययन नगरेकामध्ये २०.४ प्रतिशत मात्रै रोजगारीमा रहेको र ७७.३ प्रतिशत रोजगारीमा नरहेको प्रतिवेदनले औंल्याएको छ। रोजगारीमा रहेकामध्ये ८६.७ प्रतिशत गैर कृषिमुलक क्षेत्रमा छन्।

त्यसैगरी, रोजगारीमा रहेकामध्ये कृषि क्षेत्रमा रोजगारको संख्या १३.३ प्रतिशत मात्रै छ। प्रतिवेदनले १६.३ प्रतिशत महिला तलब ज्याला नपाइने घरायसी काममा सक्रिय भएको पनि देखाएको छ।