काठमाडौं । बजेटमाथिको छलफलका लागि आज पनि संसदका दुवै बैठक बस्दैछन् ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रिय सभाका बैठक दिउँसो सवा १२ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
हिजोदेखि जारी भएको छलफलले आज पनि निन्तरता पाउन लागेको हो । छलफल सकेर भोलि बजेट पास गर्ने तयारी छ । राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल नै जारी रहने छ ।



प्रतिक्रिया