मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै

संघीय सदनमा आजबाट बजेटमाथिको छलफल सुरु हुँदै

न्यूजस्टोरी

काठमाडौं, जेठ २० । संघीय संसदको दुबै सदनको बैठकमा आजदेखि आर्थिक बर्ष २०८१/८२को बजेट माथिको छलफल सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अहिले विहान ११ वजेको लागि बोलाइएको छ ।

दुबै सदनको बैठकको संभावित कार्यसूचि प्रकाशित भएको छ । प्रकाशित कार्यसूचिमा राजश्व र व्ययको बार्षिक अनुमान माथि छलफल गर्ने उल्लेख गरिएको छ । बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८/र८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । यसअघि शनिबार बसेको नेकपा (एमालें) संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटमा रहेका कमीकमजोरी औल्याउन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सरकारले परामर्ष नगरी बजेट प्रस्तुत गरेको भन्दै बजेटमा महत्वपूर्ण विषयहरु छुटेको र कतिपय अवस्थामा सन्तुलित पनि नभएको भन्दै छलफलमा नमिलेका कुराहरु उठाउन एमाले सांसदहरुलाई निर्देशन दिएका हुन् । नेकपा माओवादी संसदीयदलको पनि शुक्रबार नै बैठक बसेर बजेट माथिको छलफल प्रभावकारी बनाउन निर्देशन भैसकेको छ ।

संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। आजदेखि सोही बजेट माथिको छलफल प्रारम्भ गर्न दुबै सदनको बैठक बोलाइएको हो ।