काठमाडौँ । सहकारी प्रकरण सम्बन्धमा छानबिन गर्न बनाइन लागेको संसदीय छानबिन समितिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीलाई छलफलको लागि बोलाएका छन् ।
सत्तारुढ र विपक्षबीच सोमबार बिहान सहमति नभएपछि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई आजै दिउँसो ३ बजे छलफलको लागि बोलाएका हुन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति बनाउनुपर्ने अडान लिएको छ । तर सत्तापक्षका एमाले र रास्वपाले भने कुनै पनि हालतमा रवि केन्द्रित छानबिन समिति गठन गर्न नसकिने अडान लिएको कारण समस्या पेचिलो बन्दै गएको छ ।


प्रतिक्रिया