मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले दियो जानकारी

प्रचण्डको भ्रमणबारे भारतीय विदेश मन्त्रालयले दियो जानकारी

न्यूजस्टोरी

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको १७ गतेदेखि २० गतेससम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । ‘छिमेक पहिले’ भन्ने नीतिलाई थप मजबुत बनाउन नेपालका प्रधानमन्त्रीको भ्रमणले थप सहयोग पुग्ने र यसले द्विपक्षीय साझेदारीलाई बढावा दिने पनि मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ । औपचारिक कार्यक्रम र भेटघाटका अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।