मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : ‘तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ’

कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित : ‘तपाईंहरूको गतिविधि एउटा कलंकका रूपमा रहनेछ’

न्यूजस्टोरी

काठमाडौँ । आफूले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आक्रोशित रूपमा प्रस्तुत हुनुभएको छ । कांग्रेसप्रति प्रधानमन्त्री दाहाल आक्रोशित स् नेपाली कांग्रेसका लागि मूल्य चर्को पर्नेछ । आजको तपाईंहरूको गतिविधि नेपालको इतिहासमा एउटा कलंकका रूपमा रहनेछ ,प्रधानमन्त्री दाहालले भन्नुभयो ।

एमाले नेता विष्णु पौडेलले बोलेपछि रोस्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्री दाहालले आफूले कांग्रेसलले पटक(पटक सहयोग गरे पनि आजको गतिविधिले दुस्खी बनाएको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले अवरोधमा उत्रिएका कांग्रेस सांसदलाई सम्बोधन गर्दै भन्नुभयो, ुतपाईंहरूले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ ।

नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक(पटक तपाईंहरूलाई साथ थियो त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले एउटा नराम्रो उदाहरण पेस गर्नुभयो त्यसको निम्ति म गहिरो दुस्ख व्यक्त गर्न चाहन्छु ।ु त्यस्तै प्रधानमन्त्री दाहालले आजको गतिविधिका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने पनि बताउनुभयो।