मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो

प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो

न्यूजस्टोरी

काठमाडौँ । बिहिबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो चार बजेलाई सरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान बैठक चार बजेलाई सारिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । यसअघि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक सार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख घिमिरेलाई फोन गर्नुभएको थियो । कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।

आजको बैठकमा गृहमन्त्री रवि लामिछानेले सदनमा जवाफ दिने कार्यतालिका रहेको भने बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याया तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।