काठमाडौं । प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार गरेको छ।
मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा प्रहरीले गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजन रहेका छन्। लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उहांलाई पक्राउ गरेको हो।
‘प्रहरीसँग मुठभेड हुँदा प्रहरीले गोली चलाएको छ,’ एसएसपी थपलियाले भन्नुभयो, ‘उनी मोटरसाइकलमा थिए। प्रहरीले समाउन खोज्दा प्रहरीलाई नै घिसारेका थिए।’
उहांलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो। उहांको दाहिने खुट्टामा चोट लागेको एसएसपी थपलियाले बताउनुभयो । उनीबाट प्रहरीले अन्दाजी १५८ खैरो हेरोइन बरामद गरेको छ। प्रहरी सहायक निरीक्षक नवीन शाहीको औंलामा सामान्य चोट लागेको छ। हरिजनलाई थप उपचारका लागि अस्पताल लगिएको छ ।


प्रतिक्रिया