मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ

न्यूजस्टोरी

काठमाडौं, ३० बैशाख । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले मोरङ घर भएका धिमालको सडकमै हत्या भएको बताए । घटना लगत्तै चार जनालाई पक्राउ गरिएको छ ।हत्याको कारण खुलेको छैन । साथीबीच आपसी विवाद हुँदा हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते अवस्थामा भेटिएका धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।