मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन

उपनिर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन

न्यूजस्टोरी

काठमाडौँ, २६ चैत्र । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्धको उजुरीमाथि आज जाँचबुझ गर्ने तालिका रहेको छ । आयोगले आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा–१ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।