मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

न्यूजस्टोरी

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनर्संरचना, भौतिक एवम् मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताउनुभएको हो ।

विश्वविद्यालयले शैक्षिक क्रियाकलापहरू पूर्वनिर्धारित शैक्षिक पात्रोअनुसार सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै उहाँले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

प्रचण्डले परिवर्तनशील विश्व परिवेश एवम् राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिनुभयो ।