मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिम नवलपरासीको बर्दघाटमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीको बर्दघाटमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

न्यूजस्टोरी

बर्दघाट। २१ माघ । पश्चिम नवलपरासीमा शनिबार राती एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मामाथि बर्दघाट नगरपालिका–१६ केराबारीनजिकै अज्ञात समूहले गोली प्रहार गरेको हो।सुस्ता गाउँपालिका–१ बरुवास्थित सुनचाँदी पसलबाट घर फर्किने क्रममा विश्वकर्मामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।विश्वकर्माको पाखुरामा गोली लागेको छ। घाइते विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो।आक्रमणकारीले विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत लिएर भागेको बताउँदै उनीहरुको खोजी भईरहेको डीएसपी बोहराले बताउनुभयो।