काठमाडौं, ५ असोज । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गर्दै उनको स्थानमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल चैत ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री भएको समयमा प्राधिकरणको नेतृत्व गरिसकेका थिए ।
यसैगरी, पूर्वनिर्देशक शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।


प्रतिक्रिया