मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर महोत्सवको १२ औं संस्करण सम्पन्न: कृषि उपजको बजारीकरणलाई प्राथमिकता (फोटोफिचर)

रत्ननगर महोत्सवको १२ औं संस्करण सम्पन्न: कृषि उपजको बजारीकरणलाई प्राथमिकता (फोटोफिचर)

न्यूजस्टोरी

चितवन, ९ माघ । पूर्वी चितवनको टिकौलीचौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १२ औं संस्करण सोमबार मात्रै सकिएको छ ।

रत्ननगर उद्योग बाणिज्य संघको अगुवाइमा पुस २६ गतेबाट सुरु भएको महोत्सवले आफ्नो उद्देश्य अनुरुप सफलता प्राप्त गरेको आयोजकको दावी छ । कृषि र पर्यटनलाई मुख्य मुद्धा बनाइएको महोत्सवमा कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइएको थियो । महोत्सवले जिल्लाको आर्थिक विकास, उद्यमशिलता विकास र स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरणको लागि महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष शंकर गिरीले बताउनुभयो ।

महोत्सवमा तीन लाख सर्वसाधारणले अबलोकन गर्ने र २५ करोड बराबरको कारोबार हुने आयोजकको दावी थियो । महोत्सवमा अपेक्षा भन्दा बढी आर्थिक कारोबार भएको आयोजकको बुझाई छ ।

कार्यक्रम समापनमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैध्यले महोत्सवले कृषि उत्पादन र बजारीकरणमा दीर्घकालिन प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष शंकर गिरीले महोत्सव महोत्सवका लागि मात्रै नभएर स्थानीय उत्पादनको बजारिकरणका लागि समेत सार्थक बनेको बताउनुभयो ।