मुम्बई । ‘लाल सिंह चड्डा’ फिल्म फ्लप भएपछिको निराशाबाट बाहिरिँदै, बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खान पुनः दर्शकमाझ आउने तयारीमा छन्।
अबको उनको फिल्म ‘सितारे जमीं पर’ हो, जसको ट्रेलर केही समयअघि सार्वजनिक भएको थियो र फ्यानहरूले अत्यधिक माया देखाएका छन्।
तर सबैभन्दा चासोको विषय भनेको आमिरको ड्रीम प्रोजेक्ट ‘महाभारत’ हो। हालै दिएको एक अन्तर्वार्तामा उनले आफ्नो करिअर, प्रेमजीवन र विशेषगरी ‘महाभारत’बारे कुराकानी गरेका छन्।
उनले भनेका छन्“मेरो सपना महाभारत बनाउने हो, र ‘सितारे जमीन पर’ रिलिज भएपछि जुन २० पछि यसको काम सुरु गर्नेछु। यो त्यस्तो परियोजना हो जसलाई गरेपछि अब मैले केही गर्न आवश्यक छैन भन्ने लाग्न सक्छ ”आमिरका अनुसार ‘महाभारत’ एक यस्तो कथा हो जसमा संसारका सबै भावना, स्केल, मूल्य र दर्शन जस्ता तत्वहरु समेटिएका छन् । उनले उक्त फिल्मपछि एक्टिङ करिअरबाट विश्राम लिन सक्ने संकेत गरेका छन्
स्रोतका अनुसार, आमिर खानले यस फिल्ममा भगवान कृष्णको भूमिका निर्वाह गर्ने तयारीमा छन्। साथै, पछिल्लो समय अल्लु अर्जुनसँग उनको फोटो सार्वजनिक भएपछि उनी पनि फिल्ममा जोडिने चर्चा बढेको छ।
यसैबीच, आमिर सनी देओलको फिल्म ‘लाहोर १९४७’ मा पनि केमियो रोलमा देखिने खबर बाहिरीएको छ । यस्तो देखिन्छ कि ुमहाभारतु ले उनको करिअरको अन्तिम अध्याय लेख्न लागेको छ।


प्रतिक्रिया