चितवन, २१ पुस । जनप्रिय कृर्षी सहकारी संस्थाले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष उमा कुमारी सापकोटाको अध्यक्षतामा दोस्रो साधारण सभा सम्पुर्ण सहकारी संस्थाका सदस्यहरुको उपस्थितिमा सम्पन भएको हो ।
हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उहाँले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताउनुभयो ।

उहाँले आर्थिक अनुशासनको क्षेत्राधिकार भित्र रहेर कारोबार गर्दा समस्या सृजना नहुने जनाउँदै सहकारीको सिद्धान्त मर्म र भावना अनुरुप रहेर कारोबार गर्न सञ्चालक र शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि पोट वहादुर घिमिरे रहनुभएको थियो ।


प्रतिक्रिया