किरण कुँवर
चितवन, ३० भदौ । चितवनको रत्ननगर नगरपालिकामा बृहत सरसफाइ तथा श्रमदान अभियानको सुरुवात गरिएको छ ।
मुख्य सडकको दायाँ–बायाँ सरसफाइ गर्ने काम भएको छ ।

यस अभियान मार्फत स्वच्छ, हरित र सिर्जनात्मक समाज निर्माण गर्नमा रत्ननगरका युवाले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्थानीयको भनाइ छ ।

सरसफाइ कार्यक्रममा सृजना टोल, जागृती टोल र सरस्वती टोल सुधार समितीले समेत सहकार्य गरेका थिए ।

स्थानीय युवाहरुको अगुवाइृमा रत्ननगरका गाउँमा स्थानीयकै खर्चमा सडक बत्ती समेत जडान गरिएको हो ।

हरेक बर्ष सिर्जनसिल युवा समाजले टोल सुधारका लागि भनेर विभिन्न कार्यक्रहरु गर्दै आएको छ ।


प्रतिक्रिया