बीरगन्ज १७ पुस । सिमा सुरक्षा गुल्म अलौ ले चार महिनामा ५९ लाख ४३ हजार १ सय २७ रुपयाँ बराबरको विभिन्न वस्तु पक्राउ गरेको छ। सिमा नाकाबाट चोरी पैठारी तथा भन्सार छलि गरिएको विभिन्न वस्तुहरु पक्राउ गरी भन्सार चलान गरेको हो।
असोज महिना देखि पुस १२ गते सम्म प्याज सहितको ट्रक, पुरानो ब्याट्री नेपाल हुँदै भारत तिर लगिदै गरेको, चामल, चीनी सहित कार, खाद्यान्य वस्तु, आइसिपी भन्सार बाट निस्केको ट्रक पक्राऊ गरी भन्सार चलान गरिएको सीमा सुरक्षा गुल्म का इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप थापाले जानकारी दिनुभयो ।
हुनत नेपाल भारत खुला सिमाना भएकोले गर्दा जति गर्दा पनि कही कतै बाट थोर थोरै सामग्री हरु चोरी पैठारी गरी ल्याउनै हाल्ने गरेको छ तरपनि सीमा सुरक्षा मा रहेका सशस्त्र प्रहरीले सुरक्षा सहित चार महिनामा बरामद गरेको वस्तु हरु सराहनिय कार्य रहेको देखिन्छ।
असोज महिनामा २६ लाख २७ हजार १ सय रुपैयाँ, कार्तिक महिनामा ३३ हजार ५ सय ८० रुपैयाँ , मंसिर महिनामा १८ लाख ८८ हजार ७ सय १५ रुपैयाँ, पुस महिनामा १३ लाख ९३ हजार ७ सय ३२ रुपैयाँ जतिको विभिन्न वस्तुहरु पक्राऊ परेको छ। शसस्त्र प्रहरी बल गुल्म अलौले करिव ६० लाख रुपौंया बराबरको समान नियन्त्रणमा लिई भन्सारमा बुझाएको छ ।


प्रतिक्रिया