काठमाडौं । सेयर बजार आज पनि ओरालो लागेको छ । आज नेप्से १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा बन्द भएको हो ।
आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले सेयरमूल्य घटेको छ । सोमबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको seयर कारोबार भएको छ ।


प्रतिक्रिया