मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा ५८ अंकको गिरावट, २२१ कम्पनीको सेयर मूल्य घट्यो 

नेप्सेमा ५८ अंकको गिरावट, २२१ कम्पनीको सेयर मूल्य घट्यो 

न्यूजस्टोरी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ५७ दशमलव ९९ अंकले घटेर २६३९ दशमलव ९२ को विन्दुमा पुगेको छ ।

सोमबार ३१९ कम्पनीका ७२ हजार ४ सय २५ पटकको कारोबारमा १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९० करोड ७ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११ दशमलव १४ अंकले घट्दा फ्लोट इन्डेक्स ४ दशमलव ०६ अंकले घटेको छ । १३ उपसमूह राताम्मे हुँदा जीवन बीमा र निर्जीवन बीमा सर्वाधिक घटेका छन् । सोमबार हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।