काठमाडौं । संघीय संसद सचिवालयले भारतसँग ३८ वटा कार र ७५ वटा मोटरसाइकल माग गरेको छ ।
सचिवालयले भारतीय दूताबाससँग सुविधा सम्पन्न करिब ३८ वटा कार र ७५ वटा मोटरसाइकल माग गरेको होे । संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न संसदीय समितिका सभापति, दलका प्रमुख सचेतक, महासचिव लगायतका पदाधिकारीका लागि कार माग गरिएको संघीय संसद सचिवालय स्रोतले जनाएको छ । ती कारहरु इलेक्ट्रिक र सुविधा सम्पन्न हुनेछन् । माग गरिएको ७५ वटा मोटरसाइकलहरु कर्मचारीलाई प्रदान गरिने जनाइएको छ ।
भारतले मोटरसाइकल दिएको खण्डमा सचिवालयमा रहेका अधिकृत तहका कर्मचारीहरुले यातयात सुविधा पाउनेछन् । माग गरिएको परिमाणमा भारतले सवारीका साधन सहयोग गरेमा संसदका पदाधिकारी र कर्मचारीका लागि सवारी साधन पर्याप्त हुनेछ ।
सचिवालयले हालै ५४ लाख रुपैंयामा १० वटा मोटरसाइकल र १२ वटा स्कुटर खरिद गरी कर्मचारीहरुलाई वितरण गरेको थियो ।


प्रतिक्रिया