शेखर छत्कुली
वीरगञ्ज, ११ असोज । रास्वपाका युवा नेता प्रबेज अख्तरले वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरूलाई फलफूल वितरण गरेकाछन ।
युवा नेता एवम् समाजसेवी अख्तरले आज वीरगन्ज स्थित नारायणी अस्पतालका बिरामीका कुरुवाहरुलाई फलफुल बितरण गरेर मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।
नारायणी अस्पतालमा रहेका बिरामीको उपचारका क्रममा लामो समय सम्म अस्पतालमा कुरुवा बसिरहेका आफन्तहरूको अवस्था र उनीहरूले भोग्नुपरेका आर्थिक, मानसिक तथा शारीरिक कठिनाइलाई मध्यनजर गर्दै अख्तरले आज फलफूल वितरण गरेका हुन्।
नारायणी अस्पतालमा खास गरी अधिकान्श मध्येम वर्गका बिरामीहरु आउने गरेपछी कुरुवाहरुलाई कठिन परिस्थितिमा रहेका कारण केही राहत प्रदान गर्नुका साथै उनीहरूको मनोबल बढाउने र आत्मीयताको अनुभूति गराउने उद्देश्यले आज अख्तरले फलफुल बितरण कार्यक्रम गरिएको बताएकाछन् ।
फलफूल वितरणको क्रममा अख्तरले बिरामीहरुको दुःख र पीडाको समयमा एक–अर्कालाई साथ, सहयोग र सहानुभूति प्रदान गर्नु नै मानवीयताको महत्वपूर्ण पक्ष भएको उनले बताए।
अख्तरको फलफुल बितरण गरेको पहल प्रति अस्पतालमा रहेका बिरामीका कुरुवा तथा आफन्तहरूले खुसी व्यक्त गर्दै उनलाई स्वागत गरेका छन् ।
उनीहरूले उपचारका क्रममा लामो समय अस्पतालमा बस्नुपर्ने अवस्थामा प्राप्त हुने यस्ता सहयोगले कठिन परिस्थितिमा राहतसँगै आत्मीयताको अनुभूति गराउने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साका संस्थापक सदस्यहरूमध्ये एक मानिने अख्तर पार्टी स्थापना कालदेखि नै संगठन निर्माण तथा विस्तारका गतिविधिमा सक्रिय रहँदै आएका छन्।

उनको यो पहल फलफूल वितरणमा मात्र सीमित नभई दुःख र समस्यामा रहेका नागरिकप्रति सहानुभूति, सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको सन्देशका रूपमा समेत हेरिएको छ।
आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अख्तरले समस्यामा परेका तथा सहयोग आवश्यक रहेका नागरिकका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्।
“सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ गरिएको यस मानवीय पहलले नारायणी अस्पतालमा रहेका बिरामीका कुरुवा तथा आफन्तहरूबीच सकारात्मक सन्देश प्रवाह गरेको छ।
रास्वपाका युवा नेता अख्तरले सेवा नै धर्म हो त्यसैले यस्तो बेला सवैले आ(आफनो तर्फबाट सहयोग गर्नु पर्ने बताए ।


प्रतिक्रिया