मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइयो, मनोज सिलवाल नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाइयो, मनोज सिलवाल नियुक्त

न्यूजस्टोरी

काठमाडौं, ५ असोज । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गर्दै उनको स्थानमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ साल चैत ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो । शाक्य यसअघि पनि ओली प्रधानमन्त्री भएको समयमा प्राधिकरणको नेतृत्व गरिसकेका थिए ।

यसैगरी, पूर्वनिर्देशक शाक्यलाई जल तथा उर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।