मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऊर्जामन्त्री खड्काले कुलमानलाई फेरि सोधे २४ घण्टे स्पष्टीकरण

ऊर्जामन्त्री खड्काले कुलमानलाई फेरि सोधे २४ घण्टे स्पष्टीकरण

न्यूजस्टोरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै खड्काले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेका छन् ।

नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर समेत पत्रमा प्रश्न गरिएको छ । ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूचीको विषय संख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी पाएको’ भनेर पनि मन्त्री खड्काले सोधेका छन् ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषायमा पनि घिसिङलाई सोधिएको छ । गत पुस २२ मा समेत मन्त्री खड्काले ९ बुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको समेत अहिलेको पत्रमा लेखिएको छ । ऊर्जामन्त्री खड्काले यसअघि पनि १५ बुँदे र ६ बुँदे विवरण माग गरेका थिए ।