काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ । अघिल्लो दिन २७१५ मा रहेको बजार आज ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा ओर्लिएको हो ।
आज सेन्सेटिभ इण्डेक्स पनि ६.४४ अंक घटेको छ । त्यस्तै फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको हो ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार १२८ पटकको कारोबारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया