मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको फरक मत

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको फरक मत

न्यूजस्टोरी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको बिजुलीको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको आज (बुधबार) को बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । विद्युत नियमन आयोगको चिठीअनुसार तत्काल उद्योगमा बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको उनले जानकारी दिए । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो । यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।

सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो । १५ दिनको अवधि आज सकिँदैछ । तर आजको निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन् । समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन् ।