काठमाडौँ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १५ हजार ९०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तर, आज एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । सुनको भन्सार महसुल घटेसँगै मूल्यमा पनि गिरावट आएको हो ।


प्रतिक्रिया