मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि साेही बैंकबाट ऋण लिन नपाउने

एक प्रतिशत भन्दा बढी सेयर भएका साधारण सेयरधनीले पनि साेही बैंकबाट ऋण लिन नपाउने

न्यूजस्टोरी

काठमाडौं । कुनै पनि बैंक तथा वित्तिय संस्थाबाट एक प्रतिशत भन्दा बढी ऋण लिएका सर्वसाधारण सेयर धनीले उक्त बैंकबाट ऋण लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो । तर अब चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर रहेको साधारण सेयरधनी र ०.५ प्रतिशत संस्थापक सेयर भएका सेयरधनीले पनि उक्त बैंकबाट सम्पत्ति धितो राखी ऋण लिन नपाउने भएका हुन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन । ’