मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सातामा राष्ट्र बैँकबाट साटियो ९४ करोड रुपैयाँ सुकिला नोट

एक सातामा राष्ट्र बैँकबाट साटियो ९४ करोड रुपैयाँ सुकिला नोट

न्यूजस्टोरी

काठमाडौं । दशैँका लागि सर्वसाधारणले गएको एक सातामा नेपाल राष्ट्र बैँकबाट ९४ करोड रुपैयाँ सुकिला नोट सहटी सुविधा लिएका छन् । 

गत असोज १३ गते देखि २० गते (हिजो) सम्ममा ९३ करोड ८० लाख रुपैयाँ सटही भएको केन्द्रिय बैंकका सह प्रवक्ता डा।डिल्लीराम प्रोख्रेलले बताए । उनका अनुसार यो रकम राष्ट्र बैँकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयबाट साटिएको रकम हो । बैँकले यो पटक ५, १०, २०, ५० र १०० को नोटको सटही सुविधा दिएको छ । 

राष्ट्र बैंकको केन्द्रीय कार्यालयले सटही सुविधा शुरु गरेको पहिलो दिन असोज १३ गते १ करोड ४५ लाख रुपैयाँ वितरण गरेको थियो । असोज १४ गते १ करोड ८० लाख, असोज १५ गते २ करोड ३० लाख र असोज १६ गते २ करोड २ करोड ९२ लाख रुपैयाँ बाँडेको थियो ।  बैक तथा वित्तीय संस्थाले सटही गरेको रकम भने केन्द्रीय बैँकको तथ्यांकमा नहुने सह प्रवक्ता पोख्रेलले बताए । ‘बैंकहरुले आफूसँगै भएको रकम सटही गर्ने भएकाले हामीसँग बैंकहरुको तथ्यांक छैन,’ उनले भने । 

नेपाल राष्ट्र बैंकले गत असोज १३ देखि सर्वसाधारणलाई नोट साट्नका लागि सूचना नै जारी गरेको थियो । बैँकले असोज २२ ९भोलि० सम्म सुकिला नोट साटन सक्ने व्यवस्था गरेको छ । सर्वसाधारणले सबै दरका एक÷एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रूपैयाँसम्म साट्न सक्नेछन् । 

राष्ट्र बैंकले सुकिला नोट साट्नका लागि केन्द्रीय कार्यालय बालुवाटारमा आठ वटा काउण्टर सञ्चालन गरेको छ भने सातैवटा प्रादेशिक कार्यालयबाट पनि रकम सटही सुविधा दिएको छ । बैँकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेश स्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिनेछ । त्यस्तै, केन्द्रीय बैँकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट साट्न सकिने छ । 

यस अघिका वर्षको दशैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैँकले सर्वसाधारणलाई नयाँ नोट नै वितरण गर्दथ्यो । तर, यो वर्ष भने केन्द्रिय बैँकले नयाँ नोटको नभई सुकिला नोट मात्रै वितरण गरेको छ । नयाँ नोट छाप्नका लागि अतिरिक्त रकम लाग्ने र सुकिला नोट पनि व्यवस्थापन हुने भएपछि केन्द्रीय बैँकले यो वर्ष सुकिला नोट मात्रै  वितरण गर्ने निर्णय गरेको हो । 

विद्युतीय कारोबारमा सर्वसाधारणहरू अभ्यस्त हुन थालेपछि केन्द्रीय बैँकलाई सुकिला नोटको व्यवस्थापनमा कठिनाई हुन थालेको सह प्रवक्ता डा।प्रोख्रेलले बताए । तसर्थ बैँकले यस पटक सुकिला नोटको नै वितरण गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/०६८ को मौद्रिक नीति मार्फत सफा नोट नीति ल्याएको थियो । मुलुकभर सफा नोटमात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च कम गर्ने उद्देश्य सहित केन्द्रिय बैँकले सफा नोट नीति अघि सारेको हो । सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको उद्देश्य हो । 

नोटहरूको प्रयोग गर्न नजान्दा पुरानो नोटको व्यवस्थापनमा राज्यलाई ठूलो भार परेको छ भने अर्कातर्फ नेपालीको स्वास्थ्यमा पनि प्रभाव परेको छ । नोट पुराना भएपछि, च्यातिएपछि र झुत्रिएपछि त्यसको व्यवस्थापन केन्द्रीय बैँकले नै गर्नुपर्ने राज्यको व्यवस्था छ । देशभरबाट यस्ता नोट संकलन गरी व्यवस्थापन गर्न र नयाँ नोट छापेर देशभर वितरण गर्न केन्द्रीय बैँकले ठूलो लगानी गरेको हुन्छ । त्यस्तै, नोट धेरै व्यक्तिको हातमा पुगेको हुन्छ । मानिसहरूले फरक फरक परिस्थितिमा नोट समाएका हुन्छन् । नोट हात हातमा पुग्दा नोटमा विभिन्न किसिमका रोगका कीटाणुहरू पनि लागेको छ । जुन मानिसको स्वास्थ्य लागि हानिकारक हुन्छ । त्यसैले नोटको जतन गर्न र विद्युतीय कारोबारलाई प्राथमिकता दिन केन्द्रीय बैँकले आग्रह गरेको छ ।