मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार ३७.१३ अंकले बढ्यो

सेयर बजार ३७.१३ अंकले बढ्यो

न्यूजस्टोरी

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजार ३७.१३ अंकले बढेर २६९०.१३ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा थ्रीस्टार हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यसैगरी, दोल्ती पावर कम्पनीको ९.६८ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्यापको ८.८० प्रतिशत, जोशी हाइड्रोपावरको ८.४२ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

दशैं लागेसँगै सेयर बजारमा हरियाली,कारोबार रकम बढ्दा यी कम्पनीको सेयर मूल्य बढ्यो


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी चन्द्रागिरी हिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड २३ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड ११ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख २३ हजार रुपैयाँ, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार रुपैयाँ, गुडविल फाइनान्सको २३ करोड ८ लाख ७० हजार रुपैयाँको कारोबार भएको हो ।