मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार राताम्मे, अन्तिम मिनेटमा ६ अंकको सुधार

सेयर बजार राताम्मे, अन्तिम मिनेटमा ६ अंकको सुधार

न्यूजस्टोरी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.०२ अकंले घटेर २५२९.३३ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोडको सेयर कारोबार भएको छ ।आज सबैभनदा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको २१ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिईडीबीको १३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.१२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्र्टन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।