काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् ।
शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् ।
घाइतेहरूलाई भेटेर मृतकका शव लिएर जानेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको शव बुझ्न भनेर पठाएकी हुन् ।


प्रतिक्रिया