मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार

नेप्सेमा रेकर्ड, हालसम्मकै उच्च कारोबार

न्यूजस्टोरी

काठमाडौँ । शेयर बजारमा कारोबार साताको अन्तिम दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको शेयर कारोबार भएको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो । यसअघि यो रेकर्ड गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको रहेको थियो । 

बिहीबार नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको छ । १०५ कम्पनीको शेयर मूल्य बढेको छ । १३७ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

बजारले कारोबार रकममा पछिल्लो १५ दिनको अवधिमा पाँच पटक रेकर्ड तोडेको छ ।

२०७८ सालको साउन ३१ गते २१ अर्ब ६४ करोडको रेकर्ड कारोबार भएकामा त्यसको तीन वर्षपछि यतिठूलो रेकर्ड बनेको हो ।