मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट 

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट 

न्यूजस्टोरी

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव १८ अंकले घटेर २९२३ दशमलव ४६ को विन्दुमा झरेको छ ।

आज ३३२ कम्पनीको २ लाख ४१ हजार ६६५ पटकको कारोबारमा ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २१ अर्ब ५१ करोड ५ लाख १० हजार पैयाँ रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ४३ अंकले घटेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा ८ वटा घटेको छ । नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ भने आज ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।