मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद भवन भित्र प्रहरी जवानले गरे गोली हानी आत्महत्या

संसद भवन भित्र प्रहरी जवानले गरे गोली हानी आत्महत्या

न्यूजस्टोरी

काठमाडौं । संघीय संसद भवनमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । बिहान ६ बजेदेखि ड्यूटीमा बसेका गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । प्रहरीको विशेष सुरक्षा दस्ता ९एसटीएफ०मा कार्यरत रहेका उनले आफैँले बोकेको पेस्तोलले निधारमा गोली हानेका थिए ।

२२ वर्षीय प्रहरी जवान गोलेले दुई नम्बर गेटको शौचालयमा छिरेर गोली हानेको जनाइएको छ। गोले नेपाल प्रहरीमा तीन वर्षदेखि कार्यरत थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘घटनाबारे भर्खर जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’ अहिले प्रहरी जवानको नामलगायत विस्तृत विवरण खुलिनसकेको एसपी अधिकारीले बताए।