मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने पक्राउ

बालिकालाई गेष्ट हाउसमा लगेर बलात्कार गर्ने पक्राउ

न्यूजस्टोरी

काठमाडौं । १५ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले बालिकालाई बलात्कार गरेका थिए । भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा लगेर ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।