मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

सिरोहियालाई थप ५ दिनको म्याद थप्न सिफारिस

न्यूजस्टोरी

काठमाडौं । सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ ।

सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न सिफारिस गरिएको जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालले जानकारी दिए । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राख्न दिएको तीन दिनको म्याद आज सकिदैँछ । यता, सिरोहियाको पक्षमा शम्भु थापासहित ५ वरिष्ठ अधिवक्ता र ७ जना अधिवक्ताले आज अदालतमा बहस गर्ने बुझिएको छ ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहियालाई काठमाडौंबाट पक्राउ गरिएको थियो ।