मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका पठाउने धन्दामा संलग्न ३ कर्मचारीलाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटायो

अमेरिका पठाउने धन्दामा संलग्न ३ कर्मचारीलाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटायो

न्यूजस्टोरी

काठमाडौं ।टी-ट्वान्टी क्रिकेट विश्वकपको बहानामा अमेरिका पठाउने धन्दामा संलग्न भएका शाखा अधिकृत ज्ञानेन्द्र शर्मासहित ३ जनालाई प्रधानमन्त्री कार्यालयले जिम्मेवारीबाट हटाएको छ ।सुशासन शाखाका उपसचिव विष्णु सुवेदी, स्टोरमा कार्यरत शाखा अधिकृत ज्ञानेन्द्र शर्मा र प्रशासनकी शाखा अधिकृत लक्ष्मी प्रसाईंलाई जिम्मेवारीबाट हटाएर जगेडामा राखिएको हो ।

तीनै जनालाई स्पष्टीकरण सोध्ने तथा तत्कालका लागि जिम्मेवारीबाट हटाउने भनी सचिवस्तरीय निर्णय भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । हामीले प्रारम्भिक रूपमा बुझ्दा टिप्पणी सदर नभई शाखा अधिकृतको हस्ताक्षरमा पत्र लेखी परराष्ट्र मन्त्रालयमा पठाएको पाइयो, ती उच्च अधिकारीले लोकान्तरसँग भने, सोही कारण १ उपसचिव र २ शाखा अधिकृतलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ ।

रुप्से होलिडेज नामक ट्राभल कम्पनीका सञ्चालक रमेश पराजुलीसँग मिलेर ज्ञानेन्द्र शर्मालगायतले प्रधानमन्त्री कार्यालयको लेटरप्याडु दुरूपयोग गरी अमेरिकाको भिसा प्रक्रियामा सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका थिए ।पत्रमा शाखा अधिकृत लक्ष्मी प्रसाईंले हस्ताक्षर गरेकी थिइन् । शर्माको आग्रह बमोजिम प्रसाईंले टिप्पणी उठाएर उपसचिव सुवेदी समक्ष पेश गरेको पाइएको छ ।

सुवेदीले टिप्पणी सदरका लागि सहसचिवकोमा पठाए पनि टिप्पणी सदर भएन । त्यसपछि यो समूहले ुलेटरप्याडु दुरुपयोग गरी पत्र लेखेर परराष्ट्र मन्त्रालयमा पठाएको पाइएको छ । मुख्य बदमासी ज्ञानेन्द्र शर्माकै देखियो,ु प्रधानमन्त्री कार्यालय स्रोतले अनुसार, ुसिनियर अफिसर भएको हिसाबले आफूभन्दा जुनियर अफिसरलाई यसमा साइन गर्देऊ, निर्णय हुँदै गर्छ भनेर लगाएको देखिएको छ । उनीहरूसँग बुझ्ने कामसहित थप अनुसन्धान हुँदैछ ।ु

प्रशासनका उपसचिव सो दिन बिदामा रहेकाले उनीहरूले अर्कै शाखाका उपसचिवकोमा पेश गरेको देखिएको छ । सो टिप्पणी सदरका लागि सहसचिवकोमा पठाएकाले सुवेदीलाई समेत जिम्मेवारीबाट हटाइएको हो ।

भएको के हो ?

प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, नेपाल क्रिकेट संघ क्यानका केही पदाधिकारी तथा रुप्से होलिडेज प्रा।लि। नामक ट्राभल कम्पनीको मिलेमतोमा अमेरिकाको भिसा लगाइदिने भनेर रकम संकलन गरेको सम्बन्धी समाचार लोकान्तर डट्कमले मंगलबार सार्वजनिक गरेको थियो ।

क्यानको टिकेटिङ पार्टनर समेत रहेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले क्यानकै पदाधिकारीको संरक्षणमा प्रधानमन्त्री कार्यालयमा सेटिङ मिलाएर परराष्ट्र मन्त्रालयमार्फत भिसा सहजीकरण गरिदिने नाममा रकम संकलन गरेका हुन् ।

समाचार प्रकाशित भइसकेपछि सम्पर्कमा आएको स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयका केही कर्मचारीले एक महिनाअघिदेखि नै अमेरिका पठाउने मान्छे खोज्न थालेका थिए । शुरूमा ५ लाख लिए पनि भिसा लगाउने बेलासम्म जनही ३० देखि ३५ लाखसम्म उठाउने योजना उनीहरूले बनाएको देखिएको छ ।

अमेरिका जाने मान्छे खोज्नुस्, ३०/३५ लाख सजिलै लिन मिल्छ भनेका थिए,  यही गिरोहसँगको सेटिङमा प्रधानमन्त्री कार्यालयबाट अमेरिकी भिसाका लागि सहजीकरण गरिदिन भनेर २३ जनाको नामसहित परराष्ट्र मन्त्रालयलाई पत्र लेखिएको थियो ।

जबकि यसरी सिफारिश गर्न शुरूमा क्यानको बोर्डबाट निर्णय गर्नुपर्छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म पुग्नुपर्ने हो । तर, यहाँ मिलेमतोमा सिधै प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रलाई पत्र लेखिएको छ । उक्त पत्रमा अधिकांश असम्बन्धित व्यक्तिहरूको नाम देखेपछि परराष्ट्र मन्त्रालयले सिफारिश गर्न मानेन ।

त्यसपछि एक क्रिकेट प्रशिक्षक, एकजना खेलाडीपत्नी र दुईजना क्यानका स्पोन्सरसँगै रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीकी पत्नीको नाम मात्र राखेर पुनस् पत्राचार गरियो । सोही पत्रका आधारमा परराष्ट्र मन्त्रालयले ुजो जससँग सम्बन्धित छु भन्ने विषय उल्लेख गरेर अमेरिकन दूतावासलाई लक्षित गरी पत्र लेखेको थियो । उक्त पत्रमा भने रमेशपत्नी अरुणा महर्जनको नाम समेत सामेल थियो ।