मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज सोमबार बिहान बस्ने भएको छ । कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान साढे ८ बजे बस्ने तय भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

उहांका अनुसार संसदीय दल कार्यसमितिको बैठक बिहान ८स्३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्ने छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो । कांग्रेस बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । सहकारीको रकम हिनामिना प्रकणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिनको माग गरिरहेको छ ।

तर, समिति बनाउने विषयमा सत्ता(प्रतिपक्षीबीच सहमति नहुँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी छ ।