मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चको आदेश

१५ दिनभित्र सडक व्यवसाय व्यवस्थापन कार्ययोजना निर्माण गर्न सर्वोच्चको आदेश

न्यूजस्टोरी


काठमाडौँ( सर्वोच्च अदालतले १५ दिनभित्र सडक व्यवसायबारे समन्वय गरी व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू शारङ्गा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बुधबार काठमाडौँ महानगरपालिका, प्रदेश र संघीय सरकारलाई सडक व्यवसायबारे १५ दिनभित्र व्यवस्थापन कार्ययोजना निर्माण गर्न आदेश दिएको हो । ​सर्वोच्चले तीनै तहलाई समन्वय गरी कार्ययोजना निर्माण गर्न समेत आदेश दिएको छ

यस्तै, व्यवस्थापन कार्ययोजना निर्माण नगरे न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ ९२० बमोजिम इजलास समक्ष पेश गरिने आदेशमा भनिएको छ ।