मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुटेन सहमति, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जुटेन सहमति, कांग्रेसले संसद् अवरोध जारी राख्ने

न्यूजस्टोरी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्न दलहरुका बिचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो ।

दलहरुका बीचमा सहमतिको प्रयास भएको भएपनि नेपाली काँग्रेसले भने अनुरुपको संसदीय छानविन समिति बनाउन सत्तारुढ दलहरु ९सरकार० तयार नभएपछि काँग्रेसले अवरोध कायम राख्ने भएको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सहमतीको बिन्दुमा पुग्न नसकिएको बताउनुभयो । उहांले सहमति जुट्न नसकेका कारण काँग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिनुभयो ।

त्यस्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा। प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानविन गर्न तयार भएपनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानविन गर्न तयार नभएको बताउनुभयो । उहांले गृहमन्त्री लामिाछानेकेन्द्रित छानविन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताउनुभयो । उहांले सरकारले गृहमन्त्री लाािमछानेको विषयलाई सामान्यिकरण गरेर छानविन समिति बनाउन खोजेको भन्दै सो कुरा काँग्रेसलाई मान्य नहुने बताउनुभयो ।