मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिम साइमन्स – विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी

जिम साइमन्स – विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी

न्यूजस्टोरी

काठमाडौं । विश्वका ५५ औं धनी व्यक्ति र संसारकै महान् गणितज्ञ। फोर्ब्स म्यागजिनका अनुसार सन् २०२४ मा उनीसँग ३१.४ बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ। उनको नाम हो( डा जेम्स ह्यारिस साइमन्स। उनी जिम साइमन्सका नामले बढी चिनिन्थे।

उनी पछिल्लो डेढ दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आइरहेका थिए र चहारिरहेका थिए कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा। उमेरजन्य समस्याका कारण पछिल्लो वर्षहरुमा उनी नेपाल आउन सकेका थिएनन्। ८६ वर्षको उमेरमा दुई दिनअघि मात्र दिवंगत भए।

उनी ८० वर्षको उमेरमा श्रीमती मर्लिनका साथ नेपाल आइपुगेका थिए। २०७४ सालमा नेपाल आएका बेला स्वास्थ्यखबरले उनीसँग भेटेर कुराकानी गर्ने अवसर पाएको थियो। सञ्चार माध्यमको सहज पहुँचमा नआउने उनीबारे विकिपिडिया लेखिएको एउटा शब्दले झस्काएको थियो– साइमन्स चर्चामा आउन चाहँदैनन्। सञ्चार माध्यालाई अन्तर्वार्ता त विरलै दिन्छन्।