तनहुँ, ३० बैशाख । तनहुँ जलविद्यु्त् आयोजनाले आपतकालीन तयारी योजनाअन्तर्गत सेती नदी आसपासका १५ ठाउँमा अलर्ट साइरनु जडानको काम शुरु गरेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाले तनहुँको भीमाददेखि चितवनको घुमाउनेसम्म जडान गर्न लागेको हो ।
झन्डै ३५ किलोमिटर दुरीमा ुअलर्ट साइरनु राखेर नदी तटीय क्षेत्रका समुदायको सुरक्षाका लागि अग्रिम सूचना दिन लागेको आयोजनाले जनाएको छ । भीमादको हुक्सेटार, दमौलीको तनहुँ सभाहल र आयोजना क्याम्पभित्र गरी तीन ठाउँमा जडान गरिसकिएको तनहुँ जलविद्युत् आयोजना वातावरण अधिकृत विशाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार इलाका प्रहरी कार्यालय बन्दीपुर साराडघाटसहित बाँकी ठाउँमा पनि बर्खाअघि नै ुअलर्ट साइरनु राखिसक्ने योजना छ । ुअलर्ट साइरनु वायरलेस र सोलारबाट चल्ने छन् । आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले बाढी पहिरोको समयमा अग्रिम सूचना दिनका लागि ुअलर्ट साइरनु उपयोगी हुने बताउनुभयो ।


प्रतिक्रिया