मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि हुने

राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि हुने

न्यूजस्टोरी

काठमाडौं, २७ फागुन । राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि मङ्गलवार हुने भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मतदानको मिति तोक्नुभएको हो ।

त्यसअघि बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले पूर्वनिर्धारित समय फागुन २९ गते नै चुनाव गर्ने निर्णय गरेको थियो । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनावको मिति सार्न प्रस्ताव गरे पनि बैठकले अस्वीकृत गरेको छ ।

मङ्गलवार हुने चुनावका लागि भोलि सोमवार मनोनयन दर्ता हुनेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएकोले अध्यक्षको चुनाव हुन लागेको हो । नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ ।