किरण कुँवर
चितवन, १३ फागुन । चितवनको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने युवालाई वन डढेलो नियन्त्रण र प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण तथा तालिम दिइएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजनामा डढेलो लाग्नुको कारण, नियन्त्रणको उपाय र विभिन्न खालका दुर्घटनामा परेकाको जीवन रक्षाको लागि गरिने प्राथमिक उपचारको विषयमा प्रशिक्षण दिइएको गराईएको थियो । वन डढेलो नियन्त्रण, घरमा हुने आगलानी नियन्त्रण तथा दुर्घटनामा तत्काल गर्न सकिने प्राथमिक उपचारका बारे युवाहरुलाई प्रशिक्षण दिन कार्यक्रम आयोजना गरिएको अभियानका अध्यक्ष वसन्त रानाको भनाइ छ ।
कार्यक्रममा बोल्दै वडा नं ९ का वडाधयक्ष अनन्त अधिकारीले वन तथा वन्यजन्तु संरक्षणको दृष्टिकोणले वन डढेलो नियन्त्रण महत्वपूर्ण पाटो रहेको बताउनुभयो । कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख शान्तबहादुर मगरले मानविय कारणले वनमा आगलागी हुने भन्दै त्यसले वन, वनस्पती र वन्यजन्तुुमा सत प्रतिशत असर गर्ने बताउनुभयो । मानवीय कमजोरीकै कारण डढेलो लाग्ने बताउदै त्यसले वन तथा वन्यजन्तुमा ठुलो नोक्सानी गर्ने मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको भनाई छ । उहाँले संरक्षणकर्मीहरुले डढेलो नियन्त्रणका उपाय सिक्नु पर्ने अनिबार्य सर्त रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो ।
प्रतिक्रिया