मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौराहा फुड फेष्टिवलको रौनक : वेटर रेसमा पंगेनी र डोरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट पहिलो

सौराहा फुड फेष्टिवलको रौनक : वेटर रेसमा पंगेनी र डोरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट पहिलो

न्यूजस्टोरी

चितवन, १ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा जारी फुड फेष्टिवल अन्तर्गत मंगलबार वेटर रेस प्रतियोगिता सम्पन्न भएको छ । रेवान सौराहाको आयोजनामा भएको प्रतियोगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका कुमार विक द्धितीय, चुलेसी रेष्टुरेन्टका सुनिल सुनार तृतीय र केसी रेष्टुरेन्टका अविनास मैनालीले सान्त्वना जितेका छन् । प्रतियोगितामा १६ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई रेवान सौराहाका पूर्व अध्यक्ष तथा केसी रेष्टुरेन्टका सञ्चालक नरेश गिरी, खेलकुद व्यवस्थापन समितिका संयोजक सुजन भट्टले नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी फेष्टिवल परिसरमा गरिएको डोरी तान्ने प्रतियोगितामा थ्रि एन्जल रेष्टुरेन्ट सौराहा प्रथम हुँदन द्धितिय स्थानमा भने कुमरोज मध्यवर्ती सामुदायिक वन आएको छ । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अवसर पारेर फेस्टिवल आयोजना गरिएको गिरीले जानकारी दिनुभयो ।
खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । रेवान सौराहाले प्रणय दिवसको अवसरमा १८ औं संस्करणको फुड फेष्टिवल आयोजना गरेको हो ।